Logo

२०७९, जेठ ११ गते बुधवार

images

images
  • राजनीति
  • मतदान गरेपछि एमाले अध्यक्ष ओलीले भने:...

मतदान गरेपछि एमाले अध्यक्ष ओलीले भने: निर्वाचन रोक्ने देउवाको अन्तिम प्रयास असफल भयो

मतदान गरेपछि एमाले अध्यक्ष ओलीले भने: निर्वाचन रोक्ने देउवाको अन्तिम प्रयास असफल भयो

images
  • बैशाख ३०, २०७९ शुक्रवार १३:०५ बजे
  • 400
    SHARES
  • images
    images
    मतदान गरेपछि एमाले अध्यक्ष ओलीले भने: निर्वाचन रोक्ने देउवाको अन्तिम प्रयास असफल भयो
    images
    images

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको सूर्यविनायक–२ स्थित महेन्द्र शान्ति माविबाट मतदान गरेका हुन् । मतदान गर्दै ओलीले अब देश दुई दलीय प्रणालीतर्फ जाने देखिएको बताए । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले भने, ‘एमाले एकातिर, गठबन्धन अर्कातिर । मूलतः देश दुई दलीय प्रणालीतिर जाने देखियो ।’

    images

    प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन रोक्न अन्तिम सम्म प्रयास गरेको भन्दै त्यो असफल भएको बताए । ‘देउवाले आज डडेल्धुरामा मतदान गर्नुभयो । उहाँले अस्ती ९ वैशाखमा मात्रै चुनाव सारौँ भन्ने औपचारिक प्रस्ताव गर्नुभएको थियो । मैले कुनै पनि हालतमा निर्वाचन सार्ने प्रयास हुँदैन भनेपछि उहाँ सार्ने मनसायबाट पछि सर्नु भएको हो,’ ओलीले भने ।

    देउवाले गरेको उक्त प्रस्तावबारे कसैसँग कुरा नगरेको भन्दै अहिले सार्वजनिक गरेको बताए । आगामी चैतमा चुनाव गर्ने गरी अहिलेको गठबन्धन नै लागिपरेको भन्दै एमालेको कारण चुनाव सार्न नसकेको बताए । 

    यो निर्वाचनमा अत्यन्तै अपेक्षित परिणाम आउने उनको भनाइ छ । ‘देशभर जनताको असधाराण उत्साहका साथ मतदान भइरहेको छ । केही ठाउँबाहेक । त्यस्तो नहुनेपर्ने हो, त्यस्तो उचित होइन्,’ ओलीले भने, ‘यस निर्वाचनले अत्यन्तै अपेक्षित परिणाम ल्याउँछ भन्ने आशा गरेको छु । जनताको विजयले रोक्न सक्दैन ।’ 
     

     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको