Logo

२०७९, जेठ ११ गते बुधवार

images

images
  • समाचार
  • स्वतन्त्र उम्मेदवारको पक्षमा भोट मागेको आरोपमा...

स्वतन्त्र उम्मेदवारको पक्षमा भोट मागेको आरोपमा प्रहरी प्रमुख मतदान केन्द्रबाट हटाइए

स्वतन्त्र उम्मेदवारको पक्षमा भोट मागेको आरोपमा प्रहरी प्रमुख मतदान केन्द्रबाट हटाइए

images
  • बैशाख ३०, २०७९ शुक्रवार १३:३० बजे
  • 1.8K
    SHARES
  • images
    images
    स्वतन्त्र उम्मेदवारको पक्षमा भोट मागेको आरोपमा प्रहरी प्रमुख मतदान केन्द्रबाट हटाइए
    images
    images

    धरान  । धरान उपमहानगरपालिका वडा नम्बर ६ को सरस्वती मावि मतदान केन्द्रमा सुरक्षामा खटिएका वरिष्ठ प्रहरी नायब निरीक्षक तिलक गिरीलाई मतदान केन्द्रबाट हटाइएको छ।

    images

    गिरीले वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार भूपेन्द्र भट्टराईको पक्षमा भोट मागेको भन्दै अन्य राजनीतिक दलहरुले विरोध गरेपछि उनलाई हटाइएको हो।

    उक्त मतदान केन्द्रको मतदान सहायक निर्वाचन अधिकृत हिरा खत्री हुन् । उनी स्वतन्त्र उम्मेदवार भूपेन्द्रका साथी समेत हुन् ।  स्वतन्त्रमा उम्मेदवारी दिएका भूपेन्द्रलाई जिताउन कै लागि  सहायक निर्वाचन अधिकृत खत्री उक्त केन्द्रमा खटिइ आएको अन्य राजनीतिक दलले आरोप लगाएका छन् ।

    यसरी उम्मेदवार र निर्वाचन अधिकृतकै मिलेमतोमा सुरक्षा बजबुत पार्नुपर्ने प्रहरी नै स्वतन्त्र उमेदवारको पक्षमा भोट माग्नाले निर्वाचन निष्पक्ष हुन नसकेको कांग्रेस महासमिति सदस्य सुबास राईले बताए।

    उनका अनुसार उम्मेदवार भूपेन्द्र र निर्वाचन सहायक अधिकृत खत्रीलाई एक बर्ष अघि जंगलमा खाल बनाई जुवा खेलिरहेको अवस्थामा विराटनगर प्रहरीले पक्राउ समेत गरेको थियो । 

    सुरक्षामा खटिएका प्रहरीले नै उम्मेदवारको पक्षमा भोट मागेपछि कांग्रेस, एमालेले लगायतका दलले विरोध जनाएका थिए।


    विरोधपश्चात् इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले गिरीलाई हटाएर धरान १५ को शिक्षा आदन स्कुलका बिनोद श्रेष्ठलाई खटाएको बताए। 

    उनले तत्काल प्रहरी अभावका कारण विवाद बढेपछि गिरीलाई १५ मा सारिएको र मतदान सकिएपश्चात् विभागीय कारवाही सुरु गर्ने बताए।

     प्रहरी प्रमुख हटाइएपश्चात् धरान ६ मा शान्तिपूर्ण मतदान सुरु भएको छ।

     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको