Logo

२०७९, जेठ ११ गते बुधवार

images

images
  • राजनीति
  • मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमालेका अध्यक्ष र...

मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी

मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी

images
  • 428
    SHARES
  • images
    images
    मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी
    images
    images

    मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका छन् । चराङस्थित मतदान अधिकृतको कार्यालयमा अहिले बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा  एमालेका लोप्साङ छोम्पेल ९राजु० विष्ट र उपाध्यक्षमा सोही पार्टीका छिरिङ ल्हामो गुरुङ विजयी भएका हुन् ।

    images

     नवनिर्वाचित अध्यक्ष विष्टले ६८९ र उपाध्यक्ष गुरुङले ६४१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नेपालहरि रानाभाटले बताए । उनका अनुसार अध्यक्षमा नेकपा ९एकीकृत समाजवादी०का देवबहादुर गुरुङले १८५ र उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाए। कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका थिए । 

     लोघेकर दामोदरकुण्ड –१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नं ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा सोही पार्टी झियानछुसाङ गुरुङ निर्विरोध भएका थिए । 

     पाँच  वडा रहेको लोघेकर दामोदरकुण्डमा एक हजार ४६२  मतदातामध्ये ९८० अर्थात ६७।०३ प्रतिशत मत खसेको थियो । अध्यक्ष विष्ट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा निर्वाचित गुरुङ जिल्ला समन्वय समितिको प्रमुख हुन् । 

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको