Logo

२०७९, जेठ ११ गते बुधवार

images

images

दिल्लीको एक चार तले भवनमा अगलागी हुँदा २७ जनाको मृत्यु

दिल्लीको एक चार तले भवनमा अगलागी हुँदा २७ जनाको मृत्यु

images
  • 470
    SHARES
  • images
    images
    दिल्लीको एक चार तले भवनमा अगलागी हुँदा २७ जनाको मृत्यु
    images
    images

    नयाँ दिल्ली । पश्चिम दिल्लीको मुन्डकामा एउटा चार तले व्यावसायिक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइतेहरुलाई सञ्जय गान्धी अस्पतालमा भर्ना गरिएको छ । 

    images

    आगलागीको समयमा भवनभित्र ७० जनाभन्दा बढी मानिस रहेका थिए । कम्तिमा ६० जनालाई भवनबाट उद्धार गरिएको छ । केही मानिस अझै भवनभित्र फसेको प्रहरीले जनाएको छ । 

    सर्ट सर्किट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीपछि दुईजना पक्राउ परेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति सहानुभूति प्रकट गरेका छन् । मृतकका प्रत्येक परिवारलाई जनही २ लाख भारु दिने मोदीले घोषणा गरेका छन् । 

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको