Logo

२०७९, जेठ ११ गते बुधवार

images

images

काठमाडौं महानगरको मतगणना सुरू

काठमाडौं महानगरको मतगणना सुरू

images
  • 463
    SHARES
  • images
    images
    काठमाडौं महानगरको मतगणना सुरू
    images
    images

    काठमाडौं । काठमाडौं महानगरपालिको मतगणना सुरू भएको छ । बिहान ८ बजेदेखि सुरू गर्ने भनिएको मतगणना ढिलागरी सुरू भएको हो । राष्ट्रिय सभा गृहमा अहिले वडा नम्बर १ र ३२ का मतपेटिका गन्न थालिएको छ ।

    images

    यसअघि नै राजनीतिक दल र उम्मेहरूबीच भएको सहमतिअनुसार नै सबैभन्दा पहिला वडा नम्बर १ र ३२ बाट सुरू गरिएको हो । मतगणना स्थलमा स्वतन्त्र उम्मेदवारहरूको तर्फबाट राख्ने प्रतिनिधिको विषयमा सहमति जुट्न नसक्दा मतगणनामा ढिलाई भएको थियो ।

    पाँच जना स्वतन्त्र उम्मेदवारको तर्फबाट एक जना प्रतिनिधि राख्ने कुरा भएपछि स्वतन्त्र उम्मेदवारहरूले विरोध गरेका थिए । अहिले एक जना स्वतन्त्र उम्मेदवारको एक जना प्रतिनिधि राख्ने सहमति जुटेपछि मतगणना सुरु भएको हो । 

    काठमाडौं महानगरपालिका नेकपा एमालेबाट केशव स्थापित मेयर र सुनिता डंगोल उमपेयरका उम्मेदवार बनेका छन् । त्यस्तै गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंह मेयरमा र नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उपमेयरको उम्मेदवार बनेका छन् । 

    काठमाडौं महानगरपालिकाको मेयरका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५४ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरका लागि भने ३० जनाले उम्मेदवारी दिएका छन् । 

    तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।
     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको