Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images
  • समाचार
  • आगामी बजेट कृषिलाई विशेष प्राथमिकतामा राखेर...

आगामी बजेट कृषिलाई विशेष प्राथमिकतामा राखेर आउँछ: सभापति सुमार्गी

आगामी बजेट कृषिलाई विशेष प्राथमिकतामा राखेर आउँछ: सभापति सुमार्गी

images
  • 3.3K
    SHARES
  • images
    images
    आगामी बजेट कृषिलाई विशेष प्राथमिकतामा राखेर आउँछ: सभापति सुमार्गी
    images
    images

    काठमाडौं । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले आगामी बजेट कृषि व्यवसायलाई विशेष प्राथमिकतामा राखेर आउने विश्वास व्यक्त गरेका छन् ।

    images

    साथै उनले व्यावसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारहरूको विकास गरी क्षेत्रीय र विश्व बजारसँग प्रतिस्पर्धात्मक बनाउने गरी बजेट आउने बताए ।

    अर्थमन्त्री जनार्दन शर्माका पछिल्ला सोच र योजनाका आधारलाई हेर्दा आउने आर्थिक वर्षको बजेटले कृषिजन्य उद्योगको विकास गरी आन्तरिक बजार तथा निर्यात प्रबद्र्धनमा योगदान पुर्याउने, कृषिको व्यावसायिकरणलाई प्राथमिकतमा राखेर गरिबी निवारणमा सहयोग पु¥याउने ध्येयका साथ बजेट विनियोजन हुने उनले बताए ।

    कृषि उद्यम र कृषिमा उत्पादन बढाउनका लागि व्यापारिक तथा भौगोलिक क्षेत्रहरूको आधारमा गुणस्तरीय कृषिजन्य उत्पादन सामाग्री र उत्पादनको संकलन, प्रशोधन, संचय, ढुवानी र बजार मूल्य जस्ता व्यावसायिक सेवा प्रदान गर्नु पर्ने सभापति सुमार्गीको भनाइ छ ।

    कृषि उद्योग व्यवसाय प्रवद्र्धनको लागि उत्पादन थलो नजिक संकलन केन्द्र र शहरी क्षेत्रमा संगठित थोक तथा खुद्रा बजार सुनिश्चित गर्न निजी तथा सहकारी क्षेत्र समेतको योगदान रहने बताउँदै सरकारले व्यवस्थापकीय सहकार्यमा कृषि बजारहरूको विकास, विस्तार तथा व्यवस्थित गर्ने किसिमको बजेट विनियोजन गर्ने विश्वास लिइएको उनले बताए ।

    उनले कृषि पेसा आफैँमा कठिन, धेरै परिश्रम चाहिने लगायतका कारण भएको वितृष्णालाई आधुनिकिकरण गर्दै युवा उद्यमीलाई आकर्षित गर्ने अनुदान र सहुलियत पूर्ण ऋण उपलब्ध गराउर्ने गरीको आगामी बजेट विनियोजन हुने आशा व्यक्त गरे । नयाँ पुस्तालाई समेत कृषि उद्यममा समेट्न युवाहरूलाई कृषि पेसामा सक्रिय बनाई दिगो रूपमा यस पेसामा संलग्न बनाई राख्नु आजको आवश्यकता र चुनौती रहेको सुमार्गीको भनाइ छ ।

    सभापति सुमार्गीले नेपालभरी कृषिको लहर ल्याउन कृषि उद्यम केन्द्रले पहल गरिरहेको र त्यसको लागि केन्द्र सरकार र प्रदेश सरकारसंग सहकार्यलाई अघि बढाइएको समेत जानकारी दिए ।

    केन्द्रको अगुवाइमा नेपालको विभिन्न कृषिजन्य बस्तु विदेश पैठारीका लागि तयारी भइरहेको जानकारी गराउँदै उनले उत्पादित बस्तुको बजारीकरणको लागि केन्द्रले विभिन्न योजना बनाइरहेको बताए  ।

     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको