Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images
  • समाचार
  • मतपेटिका लुटेर खेतै खेत भाग्ने प्रहरी...

मतपेटिका लुटेर खेतै खेत भाग्ने प्रहरी खोरमा

मतपेटिका लुटेर खेतै खेत भाग्ने प्रहरी खोरमा

images
  • 4.4K
    SHARES
  • images
    images
    मतपेटिका लुटेर खेतै खेत भाग्ने प्रहरी खोरमा
    images
    images

    काठमाडौँ - रौतहटमा बैसाख ३० गते मतदान चलिरहेका बेला मतदान केन्द्रबाट मतपेटिका लुटेर भागेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको यमुनामाई गाउँपालिका-२ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    images

    वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका-२ स्थित श्री मावि भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका लुटपाट भएको थियो । एक समूहले मतदान स्थगित भएको अवस्थामा मतदान केन्द्रभित्र प्रवेश गरी सुरक्षाकर्मीको पहुँचमा रहेको मतपेटीका लुटेर फरार भएको थियो ।

    प्रहरीले सो घटनाका मुख्य अभियुक्त चन्देश्वर बैठा भएको दाबी गरेको छ । अभियुक्तलाई घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । बैठामाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारवाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # मतपेटि
  • # प्रहरी
  • # नेपाल प्रहरी

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको