Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images
  • समाचार
  • नयाँ बजेटमा सरकारी कर्मचारीको तलब कति...

नयाँ बजेटमा सरकारी कर्मचारीको तलब कति बढ्ने ?

नयाँ बजेटमा सरकारी कर्मचारीको तलब कति बढ्ने ?

images
  • 37.5K
    SHARES
  • images
    images
    नयाँ बजेटमा सरकारी कर्मचारीको तलब कति बढ्ने ?
    images
    images

    काठमाडौँ - महङ्गीको अनुपातमा निजामती कर्मचारी,सेना र प्रहरीको तलब हल्का बढाउन भन्दै हिजो मुख्य सचिवको कार्यकक्षमा बैठक बसेको छ । जेठ १५ गते संसदमा अर्थमन्त्रीले वाचन गर्ने आगामी आर्थिक वर्षको बजेट भाषणमा कर्मचारीको तलब बढाउने भन्दै बैठक डाकिएको हो ।

    images

    दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा तलब भत्ता पुनरावलोकन समितिको बैठक बसेको हो । दिउँसो ४ बजेदेखि झण्डै आधा घण्टा बसेको बैठकमा तलब बढाउन आवश्यक रहेको निश्कर्ष निकालिएको बुझिएको छ ।

    सरकारले चुनाव अघि नै यस वर्षको बजेट भाषणमा कर्मचारीको तलब कम्तिमा दुई हजार रुपैयाँ बढाउने चर्चा गरेको थियो । अहिले त्यही चर्चालाई कार्यान्वयनमा ल्याउन लागिएको बताइएको छ ।

    स्थानीय तहको चुनाव सकिएको र आगामी मंसिरमा प्रदेश र संघीय संसदको निम्ति अर्को आमनिर्वाचन हुने भएकाले कर्मचारी र तिनका परिवारलाई आकर्षण गर्न पनि बजेट बढाउन आवश्यक रहेको मन्त्रीहरुको भनाइ छ ।

    तर बजारमा सबै वस्तु र सेवाको मूल्य बढेर आकाश छोएको छ । सर्वसाधारणको दैनिकी चलाउन पनि हम्मे हम्मे पर्न थालेकाले तलब बढाउँदा पुनः महँगी थपिने एकथरिको भनाइ छ । सरकारले पहिले बजारमूल्य नियन्त्रण गर्नुपर्ने उनीहरुको भनाइ छ ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको