काठमाडौँ । काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र (बालेन) साहले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् । उनी पचार हजार नजिक पुगेका छन् ।
पछिल्लो मत परिणामअनुसार साहले ४८०९० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले २९१८० मत प्राप्त गरेकी छिन् ।
त्यस्तै, पछिल्ला केही दिनअघि दोस्रो स्थानमा रही साहलाई पछ्याइरहेका नेकपा (एमाले) का मेयर पदका प्रत्याशी केशव स्थापित तेस्राे हुँदै दाैडिरहेका छन् उनले २८३२६ मत ल्याएका छन् ।
त्यस्तै, उपमेयरतर्फ नेकपा (एमाले) की उम्मेदवार सुनिता डंगोलले पनि आफ्नो अग्रतालाई कायमै राखेकी छिन् । पछिल्लो मत परिणामअनुसार उनले ४४७०५ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै, उपमेयर पद तर्फ नै नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १५२८२ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयर पदमा नै तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी उम्मेद्वार विनिता मगैयाले ७०२३ मत प्राप्त गरेकी छिन् ।