Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images

१५ देशमा संक्रमण फैलिएको मंकीपक्स यूएईमा पनि देखियो 

१५ देशमा संक्रमण फैलिएको मंकीपक्स यूएईमा पनि देखियो 

images
  • 792
    SHARES
  • images
    images
    १५ देशमा संक्रमण फैलिएको मंकीपक्स यूएईमा पनि देखियो 
    images
    images

    दुबई । विश्वका विभिन्न देशमा फैलिएको मंकीपक्स भाइरस युनाईटेड अरब इमिरेट्समा पनि देखिएको छ ।

    images

    मंकीपक्स भाइरस देखिने पहिलो खाडी देश हो ।

    यसअघि १५ देशमा यो भाइरस देखा परेको थियो । भाइरस देखिएपछि जुनसुकै महामारीलाई नियन्त्रण गर्न तयार रहेको यूएईले जनाएको छ । 

    पश्चिमी अफ्रिकाबाट आएकी एक २९ वर्षीया महिलामा भाइरस देखिएको थियो । उनको हाल उपचार भइरहेको त्यहाँको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ । ‘हामीले संदिग्ध बिरामीहरूको निदानको लागि सटिक संयन्त्र राखेका छौं’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

    सामान्य ज्वारो आउनु, शरिरमा फोका देखिनु मंकीपक्सका लक्षण हुन् । 

    युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियामा हालैको प्रकोपमा ८० भन्दाबढी केसहरू पुष्टि भएका छन् । अन्य धेरै संदिग्ध केसहरुको अध्ययन भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
    एजेन्सी
     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको