Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images
  • बैंक वित्त
  • एनआईसी एशिया बैंकको डेपुटी सीईओमा सन्तोष...

एनआईसी एशिया बैंकको डेपुटी सीईओमा सन्तोष राठी नियुक्त

एनआईसी एशिया बैंकको डेपुटी सीईओमा सन्तोष राठी नियुक्त

images
  • 708
    SHARES
  • images
    images
    एनआईसी एशिया बैंकको डेपुटी सीईओमा सन्तोष राठी नियुक्त
    images
    images

    काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेडको आइतबार बसेको सञ्चालक समितिको ५४५ औं बैंठकले सन्तोष कुमार राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

    images

    बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका उनलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को इ.प्रा.निर्देशन नं. ६/०७८ को बुँदा नं. ७ (१) (छ) मा भएको व्यवस्था बमोजिम उनलाई नियुक्त गरेको हो ।

    बैंकको सञ्चालक समितिले मिति २०७९ श्रावण १ देखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । २०६४ मंसिर १९ देखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट यस बैंकको सेवामा जोडिए थिए। उनी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

    समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका सन्तोष कुमार राठीलाई अनुकरणीय लगन, परिश्रम, दृढता, संकल्प र दक्षता निरन्तर प्रदर्शन गर्दै बैंकको रुपान्तरणमा पुर्याएको अतुलनीय योगदानको कदर एवं उच्च मूल्याङ्कन गर्दै बैंकले उनलाई नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो ।

    नेपालको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव संगालेका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनको यस नियुक्तीले बैंकले आगामी दिनमा अझ उन्नत उचाई हासिल गर्ने पूर्ण विश्वासका साथ उनलाई हार्दिक बधाई दिँदै सम्पूर्ण बैंक परिवार उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # एनआईसी एशिया बैंक

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको