काठमाडौं - नेप्से आज बुधबार पनि बढेको छ । अघिल्लो दिन १६ अंकले बढेको नेप्से आज १४ दशमलव ३७ अंक्ले बढेर २२ सय ३१ दशमलव ५७ अंकमा चढेको छ भने सेन्सिटिभ पनि दुई दशमलव ४२ अंकले बढेर चार सय ३५ दशमलव शुन्य नौं अंकमा चढेको छ ।
दुई सय २६ वटा कम्पनीहरुको २२ हजार ३१ पटकको कारोबारमा २६ लाख ९४ हजार चार सय २९ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम एक अर्ब चार करोड ४६ लाख २६ लाख नौं सय ३९ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोबार भएकोमा सबै समुहहरुको सुचक बढ्दा नेप्से पुरै हरियो भएको छ । ति मध्ये वाणिज्य बैंक समुहको सुचक आठ दशमलव १९ अंकले बढेर १५ सय ३९ दशमलव ९३ अंकमा पुग्दा जलविद्युत समुहको सुचक पनि ३० दशमलव २९ अंकले बढेर २५ सय ८६ दशमलव ४९ अंकमा पुगेको छ ।
निर्जिवन बीमा समुहको सुचक पनि एक सय ३४ दशमलव ४१ अंकले बढेर नौं हजार पाँच सय ४३ दशमलव ४९ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि ६६ दशमलव ५१ अंकले बढेर १० हजार सात सय ६८ दशमलव ५० अंकमा चढेको छ ।
यि बाहेक विकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बलेफी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सुचीमा भने पहिलो स्थानमा अपरतामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।