Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

सशस्त्र प्रहरीमा बढुवाको गोलचक्कर

सशस्त्र प्रहरीमा बढुवाको गोलचक्कर

images
  • 1.4K
    SHARES
  • images
    images
    सशस्त्र प्रहरीमा बढुवाको गोलचक्कर
    images
    images

    काठमाडौँ - सशस्त्र प्रहरी बलमा सदाझैं उच्च तहको बढुवामा यसपटक पनि झमेला देखिएको छ । कतिसम्म भने एसएसपी बढुवाको सूचना केही घन्टामै गायब भएको छ ।

    images

    सशस्त्र प्रहरी बलले गत साता एसएसपी बढुवाका लागि सूचना प्रकाशित गरेको थियो । सशस्त्र प्रहरीमा एसएसपीको दरबन्दी रिक्त छैन । हाल कामु भएकालाई नै कन्फर्म गर्न सूचना निकालिएको थियो । तर, बालुवाटारको एक फोनले त्यससम्बन्धि सूचना हराएको सशस्त्र प्रहरी स्रोत बताउँछ ।

    कामुलाई कन्फर्म गर्दा कामु हुँदाकै बरियताअनुसार गर्ने चलन छ । तर, सशस्त्रका केही पावरफुल एसएसपी आफु अगाडी बढुवा हुने दाउमा लागेका छन् । उनीहरुकै चलखेलले सूचना मात्र हटेन बढुवा प्रक्रिया समेत अनिश्चित बनेको छ । जसको असर सशस्त्र प्रहरीका सयौं अधिकृतको करिअरमा परेको छ ।

    यसरी चलखेल गर्नेमध्ये एक कामु एसएसपी दिपेन्द्र कुँवर हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानु देउवाका ज्वाई उनी आफ्नो मात्र होइन अघिल्लो ब्याचलाई समेत उछिनेर डिआइजी बन्ने दौडधुपमा छन् । त्यहीकारण उनले नै बढुवा रोकाएको चर्चा सशस्त्र प्रहरीमा छ । सशस्त्रमा अहिलेदेखि नै भावी नेतृत्व चयनको संघर्षले एसएसपी बढुवा अन्योलमा परेको हो ।

    कार्यक्षमतामा कमजोर रहेका एसएसपी कुँवर स्टाफ कलेजको प्रवेश परीक्षामा पटक पटक फेल भएपछि कानूनविपरीत नेपाली सेनामा लगेर स्टाफ कलेज गराइएको थियो । उनै कुँवरका कारण सशस्त्रमा बढुवा अस्तव्यस्त हुन पुगेको छ । सिंस २ का एसएसपी कुँवर आफ्नो ब्याचमा ११ औं नम्बरमा छन् ।

    सशस्त्रमा हाल डिआइजीका तीन पद रिक्त छन् । त्यसमा एसएसपी कृष्णराज पाठक बाहेक अन्य उम्मेदवार नै छैनन् । एसपी भएको चार वर्षपछि मात्र एसएसपीमा बढुवा हुने प्रावधान छ । तर, चार वर्ष नपुगेका कारण धेरै जसा कामु एसएसपी छन् । कामु एसएसपी हुँदै डिआइजीमा बढुवा गर्न मिल्दैन । कामुलाई कन्फर्म गराउदा वरियता मिच्न पनि नमिल्ने अवस्था छ । तर, सशस्त्रमा गलत परम्परा बसाउन केही अधिकृतहरु सक्रिय बनेका छन् । जून विषय सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालका लागि पनि अग्निपरीक्षा बनेको छ ।

    यसरी माथिल्लो तहको बढुवा रोकिदा १७ वर्षदेखि इन्सपेक्टरमै रहेका अधिकृतहरु पनि थप निराश भएका छन् । माथिल्ला पदमा समयमै बढुवा हुँदा डिएसपीका ६५ पद रिक्त हुन्छन् । जसमा सशस्त्रको सिंस नम्बर ७ को टोली बढुवा हुन्छ । जसमा एक सय २२ जना छन् ।

    असारभित्र उनीहरुको बढुवा हुन नसके फेरि असोज कुर्नुपर्ने हुन्छ । माथिल्लो तहमा बढुवा नहुँदा सशस्त्रका लामो समयदेखि बढुवा कुरिरहेका डिएसपी र इन्सपेक्टर मर्कामा परेका छन् । डिएसपी बढुवामा एउटै ब्याचका धेरै छुट्ने भएपछि बिशेष दरबन्दी थपेर भएपनि सिंस ७ का सबैलाई बढुवा गर्नेबारे समेत छलफल भइरहेको स्रोत बताउँछ । दृष्टि साप्ताहिकबाट

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको