Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

एक्सनमा आइजिपीः देशभरीका घुमुवा तानिए

एक्सनमा आइजिपीः देशभरीका घुमुवा तानिए

images
  • 17.3K
    SHARES
  • images
    images
    एक्सनमा आइजिपीः देशभरीका घुमुवा तानिए
    images
    images

    काठमाडौँ - सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले संठनभित्र सुधारको काम थालेका छन्। महानिरीक्षकमा नियुक्त भएको एक महिनामै उनले संस्थागत सुधारको थालनी गरेका छन् ।

    images

    कर्मचारीको हितमा १० बुँदे निर्णय गरेर त्यसको कार्यान्वायन अघि बढाएका उनले अनियमितताविरुद्ध पनि काम थालेका छन् । उनले सशस्त्र प्रहरी बलबाट सूचना संकलनका नाममा सादा पोसाकमा खटिएका करिब चार सय ‘घुमुवा’लाई एकैपटक फिर्ता गराएका छन् । उनीहरूको कार्यसम्पादन सन्तोषजनक नभएको र सूचना संकलनको प्रणालीलाई फिर्ता गरिएको सशस्त्रले जनाएको छ ।

    सादा पोसाकमा कर्मचारी खटाउने प्रणालीलाई व्यवस्थित बनाउन हाल कार्यरत सबैलाई ‘घुमुवा’ फिर्ता गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विदुर खड्काले बताए । ‘अब इन्टेलिजेन्स तालिम गरेकालाई मात्र सूचना संकलनमा सादा पोसाकमा खटाइन्छ,’ डिआइजी खड्काले भने, ‘सूचना संकलनलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको छ ।’

    सादा पोसाकमा कर्मचारी खटाउने प्रणालीलाई व्यवस्थित बनाउन हाल कार्यरत सबै ‘घुमुवा’ फिर्ता गरिएको छ । अब इन्टेलिजेन्स तालिम गरेकालाई मात्र सूचना संकलनमा सादा पोसाकमा खटाइन्छ । सूचना संकलनलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको हो ।

    सादा पोसाकमा खटिने कतिपय कर्मचारी गैरव्यावसायिक गतिविधिमा लागेको पाइएकाले पनि उनीहरूलाई सम्बन्धित कार्यालयमै फिर्ता गरेर नियमित ड्युटीमा खटाइएको हो । भ्रष्टाचारमा शून्य सहनशीलताको प्रहरी महानिरीक्षक राजु अर्यालको नीतिअनुसार सादा पोसाकमा खटिएका प्रहरी फिर्ता गरी व्यवस्थित गर्न लागिएको प्रवक्ता खड्काले बताए । कुनै कार्यालयले सादा पोसाकका कर्मचारी फिर्ता नगरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई कारबाही गरिने चेतावनीसमेत सशस्त्रले मातहतका निकायलाई दिएको छ । सशस्त्रका सबैजसो बाहिनी, गण, गुल्म र बोर्डर आउट पोस्टका प्रमुखले सादा पोसाकमा कर्मचारी खटाउँदै आएका छन् ।

    सशस्त्रको योजनाअनुसार सादा पोसाकमा अब इन्टेलिजेन्ससम्बन्धी तालिम गरेका मात्र खटिनेछन् । यसअघि कार्यालय प्रमुखका निकट प्रहरीलाई सादा पोसाकमा खटाउने गरिएको थियो । खासगरी तराईका जिल्लामा खटिने यस्ता कर्मचारी गैरव्यावसायिक गतिविधिमा संलग्नसमेत हुने गरेका थिए । सशस्त्र प्रहरी स्रोतका अनुसार अब सादा पोसाकमा खटिने कर्मचारीको हकमा छुट्टै परिचयपत्रको समेत व्यवस्था गर्न लागिएको छ ।

    सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका घुमुवा पटक–पटक विवादमा मुछिँदै आएका छन् । छिन्नमस्ता बाहिनी महोत्तरीबाट खटिएका चार घुमुवाविरुद्ध तीन साताअघि बारामा पक्राउ पुर्जीसमेत जारी भएको छ । सशस्त्रका घुमुवाले हतियार डिल गरेर पक्राउ गर्न खोजेका घुमुवालाई नेपाल प्रहरीले पक्राउ गरेपछि हतियार कारोबारमा सशस्त्रका घुमुवाको समेत मिलेमतोको आशंकामा पक्राउ पुर्जी जारी भएको थियो । अनुसन्धानको क्रममा मिलेमतो नदेखिएपछि उनीहरूलाई मुद्दा नचलाउने सहमति भएको स्रोत बताउँछ । तराई क्षेत्रमा कार्यरत अन्य घुमुवा पनि अनुसन्धानको क्रममा छन् । घुमुवाका कारण सगठन बदनाम भएपछि उनले यसमा सुधार थालेका हुन् । दृष्टि न्युजबाट

    images
    images
    सम्बन्धित समाचार