Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

सशस्त्र प्रहरी: अनियमिततामा मुछिएका डिएसपी हटाइए

सशस्त्र प्रहरी: अनियमिततामा मुछिएका डिएसपी हटाइए

images
  • 75.4K
    SHARES
  • images
    images
    सशस्त्र प्रहरी: अनियमिततामा मुछिएका डिएसपी हटाइए
    images
    images

    काठमाडौँ - चुनावमा नक्कली बिल पेश गरेको आरोपमा छानबिनमा रहेका सशस्त्र प्रहरीका डिएसपीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले हटाएको छ ।

    images

    दोलखास्थित सशस्त्र प्रहरी गुल्मका डिएसपी बुद्धिनारायण महर्जन कमान्डबाट हटाइएको हो । सो गुल्ममा डिएसपी सुरज कुमार कार्कीलाई पठाइएको छ । डिएसपी महर्जनले चुनावमा वास्तविक भन्दा धेरै गाडी भाडामा लिएको भनेर बजेट हिनामिनाको प्रयास गरेका थिए । यसअघि उनी राशन अनियमिततामा पनि कारबाहीमा परेका डिएसपी हुन् ।

    त्यस्तै, यसअघिको सरुवा अस्वीकार गरेका एसपी समिक महर्जनलाई कल्याणकारी सेवा केन्द्रमा सरुवा गरिएको छ । ६ महिनाअघि उनको ३८ नम्बर रिजर्भ गण झापामा सरुवा भएको थियो । कमाई नहुने गणमा सरुवा गरेको भन्दै उनी त्यहाँ गएका थिएनन् । सधैं आकर्षक ठाउँ पाउंदै आएका एसपी पुर्ण बहादुर साउदलाई फेरि गणपतिको रुपमा २० नम्बर गण सिनामंगलको जिम्मेवारी दिएको छ । दृष्टि साप्ताहिकबाट

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको