Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images
  • समाचार
  • त्रिचन्द्र क्याम्पस पुनर्निर्माणको माग गर्दै विद्यार्थीले...

त्रिचन्द्र क्याम्पस पुनर्निर्माणको माग गर्दै विद्यार्थीले गरे प्रदर्शन

त्रिचन्द्र क्याम्पस पुनर्निर्माणको माग गर्दै विद्यार्थीले गरे प्रदर्शन

images
  • 477
    SHARES
  • images
    images
    त्रिचन्द्र क्याम्पस पुनर्निर्माणको माग गर्दै विद्यार्थीले गरे प्रदर्शन
    images
    images

    काठमाडौं । त्रिचन्द्र बहुमुखी क्यााम्पसको पुनर्निर्माणको माग गर्दै विद्यार्थीले बिरोध प्रदर्शन गरेका छन् । 

    images

    मंगलवार क्याम्पस अगाडि विद्यार्थीले क्याम्पसको पुनर्निर्माणको माग गर्दै सडकमै पढेर बिरोध जनाएका हुन् । क्याम्पसका भौतिक संरचनाको पुनर्निर्माण हुन नसक्दा विद्यार्थी जीर्ण कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य छन् ।

    क्याम्पसमा अध्ययनरत विद्यार्थी भवन कुनबेला भत्किन्छ भन्ने डरमा पढ्नुपरेको बताउँछन् । भवनका कक्षाकोठामा पानी परेको बेला पानी चुहिने गरेको उनीहरुले बताए । अध्ययनका लागि क्याम्पस पस्ने विद्यार्थीको संख्या बढीरहे पनि भवन भत्किएर खस्ने हो कि भन्ने डरमा कलेजमा बस्नै डर लाग्न थालेको विद्यार्थीको गुनासो छ ।

    राज्य सत्तामा पुगेपछि आफैँले पढेको घर बिर्सिने परिपाटी रहेको भन्दै विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाले यसमा कुनै चासो नदिएको गुनासाे गरे ।

    धरहरा र रानीपोखरी बन्दा विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्ने र विद्यार्थीलाई योग्य बनाउने शैक्षिक संस्था बन्न नसक्नु दुःखद् रहेको उनीहरुकाे भनाइ थियाे ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको