११ वटा समुहले कमाउँदा दुई वटा समुहले गुमाए काठमाडौं - लगातार घटेको नेप्सेमा आज बिहिबार भने हरियाली छाएको छ । नेप्से आज १२ दशमलव ५७ अंकले बढेर १९ सय ७८ दशमलव ९४ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दशमलव एक अंकले बढेर तीन सय ८२ अंकमा पुगेको छ । दुई सय २१ वटा कम्पनीहरुको २५ हजार पाँच सय ८५ पटकको कारोबारमा ३५ लाख ९४ हजार पाँच सय ९४ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम एक अर्ब १८ करोड ७१ लाख ४५ हजार पाँच सय १९ रुपैंयाँ पुगेको छ ।
१३ वटा समुहको कारोबार भएको मध्ये आज ११ वटा समुहको सुचक बढेर दुई वटा समुहको सुचक घटेको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ७२ अंकले बढेर १३ सय ७३ दशमलव ५५ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि आठ दशमलव ५२ अंकले बढेर २२ सय ९२ दशमलव ५५ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ३४ अंकले बढेर आठ हजार ६५ दशमलव ८३ अंकमा पुगेकोमका बिकास बैंक, फाईनान्स,ट्रेडीङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र सामुहिक लगानी समुहहरुको सुचक पनि बढेका छन् । जीवन बीमा र लगानी समुहको सुचक भने आज घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आँधिखोला लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम पहिलो स्थानमा परेको छ ।