सात अंकले घट्दा ७३ करोड ६२ लाख रुपैंयाँको कारोबार
काठमाडौं - अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से पुन घटेको छ । नेप्से आज सात दशमलव ५७ अंकले घटेर १९ सय ७१ दशमलव ३६ अंकमा झर्दा सेन्सिटिभ पनि शुन्य दशमलव ६९ अंकले घटेर तीन सय ८१ दशमलव १४ अंकमा पुगेको छ । दुई सय २० वटा कम्पनीहरुको १५ हजार एक सय ६२ पटकको कारोबारमा २३ लाख ५४ हजार नौं सय ११ कित्ता सेयर किनबेच भएकाछन । जसबाट आज कुल कारोबार रकम ७३ करोड ६२ लाख ३५ हजार दुई सय ९८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सामुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी १२ वटा समुहको सुचक घटेका छन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव आठ अंकले घटेर १३ सय ६९ दशमलव १३ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि १८ दशमलव ६९ अंकले घटेर २२ सय ७३ दशमलव ८६ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि १८ दशमलव ५८ अंकले घटेर आठ हजार ४७ दशमलव २५ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि चार दशमलव नौं अंकले घटेर नौं हजार दुई सय ६५ दशमलव ६० अंकमा पुगेको छ । यि बाहेक विकास बैंक, फाईनान्स, ट्रेडिङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा आँधीखोला लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिभर फल्स पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल टेलिकमक लिमिटेड परेको छ ।
हप्ताको छ दिन नैं कारोबार खुल्ने
यसैबिच नेप्से अबदेखि छ दिन नैं खुल्ला रहने जानकारी दिएको छ । सरकारले असार एक गते देखि शुक्रबारको बिदा काटेर हप्ताको छ दिन नैं कार्यालय समय बनाएपछि नेप्सेले पनि हप्ता दिन नैं कारोबार खुल्ने बनाएको हो ।
जसअनुसार आईतबार देखि बिहिबारसम्म ११ बजे देखि तीन बजेसम्म र शुक्रबारको हकमा भने ११ बजेदेखि अपरान्ह एक बजेसम्क्म सेयर कारोबार हुने नेप्सेले जनाएको छ ।