काठमाडौं - नेप्सेमा भिषण पहिरो गएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार पनि ४९ दशमलव ३१ अंकले घटेर १८ सय ८४ दशमलव ८१ अंकमा पुगेकोमा सेन्सिटिभ पनि सात दशमलव ६६ अंकले घटेर तीन सय ६६ दशमलव १९ अंकमा झरेको छ । दुई सय ३० वटा कम्पनीहरुको ३६ हजार चार सय ६४ पटकको कारोबारमा ६१ लाख ८६ हजार नौं सय ४१ कित्ता सेयर किनबेच हुंदा कारोबार रककम एक अर्ब ७५ करोड छ लाख एक सय ७१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सबै समुहको सुुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २१ दशमलव ५६ अंकले घटेर १३ सय ३४ दशमलव ९७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ९३ दशमलव ६४ अंकले घटेर दुई हजार ९२ दशमलव ७६ अंकमा पुुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ३९ दशमलव २२ अंकले घटेर सात हजार छ सय ५३ दशमलव २० अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि दुई सय ३४ दशमलव ६२ अंकले घटेर आठ हजार नौं सय नौं दशमलव ४६ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, ट्रेडीङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि आज घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आँधीखोला लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा तेह्थुम पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम परेको छ ।