Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images

सचिन रौनियारकी छोरी सिल्भियाको भिडियोमा डेब्यू

सचिन रौनियारकी छोरी सिल्भियाको भिडियोमा डेब्यू

images
  • 407
    SHARES
  • images
    images
    सचिन रौनियारकी छोरी सिल्भियाको भिडियोमा डेब्यू
    images
    images

    काठमाडौँ - गायक सचिन रौनियारकी छोरी सिल्भिया रौनियारले अभिनयमा डेब्यु गरेकी छिन् । आफ्नै बुवा सचिन रौनियारको गीत ‘किन हर हर’ बाट म्यूजिक भिडियोमा उनले अभिनय गरेकी हुन् । 

    images

    दीपक शर्माको शब्द र सगीत रहेको गीतको भिडियोमा सिल्भियाको साथमा सुनिल छेत्रीको पनि अभिनय रहेको छ सचिन र गायिका अस्मिता अधिकारीको पनि युगल स्वर समाबेश गीतको भिडियोलाई सुनिल छेत्रीले नै निर्देशन गरेका हुन् जसमा दुर्गा पौडेलको सिनेमाटोग्राफी र अमृत चापागाईको सम्पादन रहेको छ । 

    छोरीसँग सहकार्य गरेका र आफ्नै युट्युब मार्फत गीत सार्वजनिक गरेका यो गीत उनका लागि विशेष छ। अन्य गीतमा जस्तै स्रोताहरुको माया र आशीर्वाद पाउने अपेक्षा राखेको गायक सचिनले बताएका छन् ।

    गायनमा करिब ३ दशक बिताईसकेका सचिनले बिक्रम संवत २०४३ सालमा पहिलो एल्बम ’सर्च’ बजारमा ल्याएका उनले १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् भने धेरै गीतहरु दर्शक माझ लोकप्रिय छन् ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको