Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images
  • मनोरञ्जन
  • ‘माया बस्यो है’ मा रोमाण्टिक मुडमा...

‘माया बस्यो है’ मा रोमाण्टिक मुडमा देखिए बिष्णु र शाक्षी

‘माया बस्यो है’ मा रोमाण्टिक मुडमा देखिए बिष्णु र शाक्षी

images
  • 449
    SHARES
  • images
    images
    ‘माया बस्यो है’ मा रोमाण्टिक मुडमा देखिए बिष्णु र शाक्षी
    images
    images

    काठमाडौँ - लामो समय पश्चात नेपाल आइडल फेम्ड गायक पवन गिरीले आफ्नो नयाँ सांगीतिक कोसेली  ‘माया बस्यो है’ सार्वजनिक गरेका छन् । यस गीतमा स्वयम् गायक गिरीको स्वर, शब्द र संगीत रहेको छ ।  गीतलाई बृजेश श्रेष्ठले संगीत संयोजन गरेका हुन् । 

    images

    प्रेमिल शैलीको यस गीतमा शाक्षी लम्साल, बिष्णु खरेल र सरोज केसीको अभिनय रहेको छ । राज पोख्रेलले छायाँकन गरेको यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् । अनुप चापागाईको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक गिरीको आधिकारिक च्यानल ’पवन गिरी अफिसिएल’ मार्फत सार्वजनिक भएको हो । 

    यसअघि गायक गिरीको स्वरमा रहेको ’बधाई छ’, ’मिल्टेरिको जुत्ता’, ’म जे छु’, ’मलाई एकछिन देउ’ लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् । भिडियो दर्शक स्रोतालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको