Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images
  • कर्पोरेट
  • अमेरिकन चेम्बर अफ कमर्सद्धारा प्रगति बैठक...

अमेरिकन चेम्बर अफ कमर्सद्धारा प्रगति बैठक आयोजना

अमेरिकन चेम्बर अफ कमर्सद्धारा प्रगति बैठक आयोजना

images
  • 491
    SHARES
  • images
    images
    अमेरिकन चेम्बर अफ कमर्सद्धारा प्रगति बैठक आयोजना
    images
    images

    काठमाडौँ - नेपालमा रहेको अमेरिकन चेम्बर अफ कमर्स ले यस हप्ता आफ्ना सदस्यहरूका लागि काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा अध्यक्ष अजित शाहले नोभेम्बरमा एमच्यामको औपचारिक स्थापनादेखि हालसम्मका उपलब्धिहरूबारे चर्चा गरेका थिए । 

    images

    यस चेम्बरमा अहिले २८ सदस्यसहित तीन समितिहरु छन् । समितिहरू निर्धारण गर्न एमच्यामले सदस्य र सम्भावित सदस्यहरू बीच सर्वेक्षण गरेको थियो । प्रतिक्रियाको आधारमा समितिहरूलाई वकालत र नीति, अर्थ र नेटवर्किङमा विभाजन गरिएको छ ।

    समितिले अब विभिन्न समस्याहरूलाई सम्बोधन गर्न र अमेरिकी र नेपाली कम्पनीहरू बीचको सम्बन्धलाई सहज बनाउन काम गर्नेछ जसले गर्दा स्थानीय कम्पनीहरूले अमेरिकी कम्पनीहरूसँग काम गर्दै आफ्नो व्यवसाय विस्तार गर्न र अमेरिकी कम्पनीहरूलाई नेपालमा लगानी गर्ने अवसरहरूबारे चेतना अभिवृद्धि गर्न सक्नेछन् l 

    अमेरिकन चेम्बर अफ कमर्सको बारेमा

    अमेरिकन चेम्बर अफ कमर्स नेपालमा सञ्चालित अमेरिकी व्यापारिक संस्थाहरूको एक संगठन हो । थप जानकारीको लागि तपाईंले एमच्यामको वेबसाइटमा इमेल गर्न सक्नुहुन्छ ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको