Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images

नेपाल प्रहरी

कमाण्डमा कमजोर डिएसपी तानिए

कमाण्डमा कमजोर डिएसपी तानिए

images
  • 3.5K
    SHARES
  • images
    images
    कमाण्डमा कमजोर डिएसपी तानिए
    images
    images

    काठमाडौँ - कमाण्डमा कमजोर देखिएका अछामका डिएसपी रविराज थपलियालाई प्रहरी प्रधान कार्यालयले हटाएको छ । थपलियालाई जिल्ला इन्चार्जको जिम्मेवारीबाट हटाएर डिएसपी नारायण डाँगीलाई पठाइएको छ । डिएसपी डाँगी प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत थिए ।

    images

    पञ्चदेवल विनायक नगरपालिका–४ का युवक विनोद शाहीको मृत्युपछि अछाम अशान्त बन्दै आएको छ । भिरबाट लडेको अवस्थामा उनको शव गत २१ जेठमा भेटिएको थियो । परिवारले उनको हत्या भएको आरोप लगाउँदै आएको छ । घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)बाट टोली खटिएको छ ।

    तीन साता हुन लाग्दा पनि घटनाको अनुसन्धान टुंगिएको छैन । डिएपी थपलियाले राम्रो काम गर्न नसक्दा स्थानीय प्रहरीमाथि आक्रोशित बनेका थिए । कमाण्ड राम्रो नभएको आधारमा डिएसपी थपलियालाई हटाएर डाँगीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । थपलियाको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको छ ।

    कमाण्डमा लापरबाही गर्ने जिल्ला इन्चार्जलाई पनि प्रहरी प्रधान कार्यालयले निगरानीमा राखेको छ । दृष्टि साप्ताहिकबाट

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको