Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images

अफगानिस्तानमा भूकम्पः कम्तीमा २५० जनाको मृत्यु

अफगानिस्तानमा भूकम्पः कम्तीमा २५० जनाको मृत्यु

images
  • 456
    SHARES
  • images
    images
    अफगानिस्तानमा भूकम्पः कम्तीमा २५० जनाको मृत्यु
    images
    images

    काबुल । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । भूकम्पमा कम्तिमा १५० जना घाइते भएका छन् ।

    images

    सामाजिक सञ्जालमा सेयर गरिएका तस्बीरमा पाक्तिका प्रान्तका मानिसहरूलाई स्ट्रेचरमा बोकेका र भग्नावशेषबाट निकालिएका देख्न सकिन्छ ।

    भूकम्पको केन्द्र दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा रहेको जनाइएको छ । 

    अफगानिस्तानको ५०० किलोमिटरभन्दा बढी क्षेत्र, पाकिस्तान र भारतसम्म भूकम्पको धक्का महसुस गरिएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । भूकम्प अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामबादसम्म महसुश गरिएको केन्द्रले जनाएको छ । 

    अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प ६ दशमलब १ म्याग्निच्युडको  थियो ।  ‘दुर्भाग्यवश हिजो राति पाक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प जाँदा सयौं जनाको ज्यान लिएको छ । भूकम्पमा दर्जनौं घरहरू ध्वस्त भएका छन्’, सरकारी प्रवक्ता बिलाल करीमीले ट्वीट गरेका छन् ।
    -एजेन्सी

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको