Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images

बैंक तथा वित्तीय:

नेपाल बैंक बन्यो पहिलो: निक्षेप संकलन र कर्जा प्रबाह दुवैमा १ नम्बर

नेपाल बैंक बन्यो पहिलो: निक्षेप संकलन र कर्जा प्रबाह दुवैमा १ नम्बर

images
  • 764
    SHARES
  • images
    images
    नेपाल बैंक बन्यो पहिलो: निक्षेप संकलन र कर्जा प्रबाह दुवैमा १ नम्बर
    images
    images

    काठमाडौँ - नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा बिस्तार विद्धमा सबै भन्दा अगाडि देखिएको छ । गत जेष्ठ महिनासम्ममा नेपालका २७ वटा वाणिज्य बैंकहरु मध्ये निक्षेप संकलन विद्धको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तार विद्धको आधारमा पनि नेपाल बैंक पहिलो स्थानमा रहेको छ । 

    images

    गत जेष्ठ महिना सम्ममा नेपाल बैंकको निक्षेप २५ दशमलव ८५ प्रतिशतले विद्ध भएको देखिन्छ भने  कर्जा विस्तार ३२ दशमलव पाँच प्रतिशतले विद्ध भएको देखिन्छ । २७ वाणिज्य बैंकहरु मध्ये २१ वटा वाणिज्य बैंकहरुको निक्षेप विद्ध भएको छ भने छ वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरुको औसत निक्षेप विद्धदर सात दशमलव ३७ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै वाणिज्य बैंकहरुको कर्जा विस्तारमा विद्ध भएको छ । औषतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७ दशमलव ४९ प्रतिशतको विद्ध भएको देखिन्छ । 

    बैंकले हाल मुलुकभर दुई सय १७ वटा शाखाहरु, एक सय ७९ वटा एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ । यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धिरुपमा अगाडि बढिरहेको छ ।

    विगत केहिबर्ष यता बैंकले छिटो छरितो  र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत देशभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । 

    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल बैंक

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको