Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images
  • बैंक वित्त
  • ग्लोबल आइएमई बैंकले हज यात्रीहरुलाई विदेशी...

ग्लोबल आइएमई बैंकले हज यात्रीहरुलाई विदेशी मुद्रा सटहीको सुविधा प्रदान गर्ने

ग्लोबल आइएमई बैंकले हज यात्रीहरुलाई विदेशी मुद्रा सटहीको सुविधा प्रदान गर्ने

images
  • 365
    SHARES
  • images
    images
    ग्लोबल आइएमई बैंकले हज यात्रीहरुलाई विदेशी मुद्रा सटहीको सुविधा प्रदान गर्ने
    images
    images

    काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरुलाई उक्त हज यात्राको लागि आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा प्रदान गर्ने भएको छ । 

    images

    बैंकले हजयात्रीहरुको सुविधाका लागि कान्तिपथ, ठमेल, तिनकुने र सिनामङ्गल शाखा कार्यालयहरुबाट साउदी रियाल सहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको छ । साथै हजयात्रीहरुलाई मुद्रा सटहीको सिलसिलामा कुनै जानकारी लिनुपर्ने भएमा मोबाइल नम्बर ९८५११६५५२० मा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ । 

    आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाका पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको