Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images

माधव नेपालमाथि अर्को अपमान

माधव नेपालमाथि अर्को अपमान

images
  • 1.9K
    SHARES
  • images
    images
    माधव नेपालमाथि अर्को अपमान
    images
    images

    काठमाडौं । तत्कालीन नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले अपमान गरेको भन्दै झण्डै एक वर्ष अघि भिन्न पार्टी बनाएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अर्को अपमान सहन वाध्य भएका छन् ।

    images

    आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय कार्यन्वयन गराउन नसक्दा उनले अर्को अपमान सहन वाध्य हुनु परेको हो । 

    गएको २२ गतेको नै समाजवादीले पार्टी बैठकबाट सरकारमा सहभागी भएको चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म कार्यन्वयन नगरिदिदा यस्तो अपमान बेहोर्नु परेको हो । मन्त्री हेरफेरका लागि पार्टीले गरेको सिफारिस प्रधानमन्त्री देउवाले कार्यान्वयन नगरेपछि नेकपा एसको नेतृत्व र प्रधानमन्त्रीबीचको सम्बन्ध पनि चिसिएको भन्ने सुनिएको छ ।

    सत्तारूढ दलको एकघटक समाजवादीले मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्री देउवालाई दबाब दिइरहेको छ। उक्त निर्णयलाई कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाले चासो नदिएका कारण कार्यान्वयन हुन सकेको छैन । अझै सत्तासाझेदार दल मध्येको माओवादीका अध्यक्ष प्रचण्डको जोडबलमा त्यो कार्यन्वयन हुन नसकेको भन्ने सुनिएको छ ।

    बुधबार बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्री फेर्ने पार्टीको निर्णय यथाशीघ्र कार्यान्वयन गर्न प्रधानमन्त्री देउवासँग आग्रह गर्ने निर्णय गरेको छ ।


    सचिवालय बैठकले मन्त्री फेर्ने निर्णय कार्यान्वयन गर्न दबाब दिने निर्णय गरेको जानकारी दिँदै पार्टीका सम्मानित नेता झलनाथ खनालले भने, ‘मन्त्री बदल्ने भनेर निर्णय भएको थियो तर त्यो निर्णय किन अहिलेसम्म कार्यान्वयनमा आएन ? हाम्रो पार्टीको निर्णयअनुसार तुरुन्त मन्त्री फेर्ने निर्णय कार्यान्वयन हुनुपर्छ । मन्त्री हेरफेर गर्ने हाम्रो निर्णय तत्कालै कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई भनेका छौँ ।’

    मन्त्रिमण्डल पुनर्गठनबारे प्रधानमन्त्री देउवालाई भेटेर कुराकानी गर्ने जिम्मा पार्टीले अध्यक्ष नेपाललाई दिएको पनि खनालले बताएका छन्। तर, देउवा माधव नेपालको आग्रहलाई वास्तै नगरी बसेका छन् । देउवा यसरी टसमस नहुनुको पछाडि उनलाई समाजवादीबाट मन्त्री बनेकाहरुको पनि ठूलो दबाब रहेको छ । 

    यसअघि बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएपछि मन्त्रिमण्डल पुनर्गठन हुने आश्वासन दिइएको थियो । तर, उक्त समयसीमा पनि घर्किसकेको छ ।

    बुधबार मात्रै पनि सत्तारुढ गठबन्धनको बैठक बसको थियो । उक्त बैठकमा मन्त्री फेर्ने विषयले प्रवेश नै पाउन सकेन । बैठकमा सहभागी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्री हेरफेरको विषयमा छलफल नभएको जानकारी दिए ।

    एकीकृत समाजवादीले स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उनीहरूको सट्टा जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, मेटमणि चौधरी, भवानी खापुङ र हिरा केसीलाई प्रस्ताव गरिएको थियो ।


    समाजवादीको उक्त निर्णयमा पर्यटनमन्त्री आलेसहित केही मन्त्री बाधक बनेका कारण पनि एकीकृत समाजवादीको उक्त निर्णय कार्यन्वयन गर्न देउवा पछि हटेको भन्ने गरिन्छ । यस अघि आलेले सार्वजनिक रूपमा पार्टीको निर्णय मान्ने बताए पनि पद जोगाउन प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लविङ गरेको सार्वजनिक भएको थियो ।

    देउवाले उक्त निर्णय कार्यान्वयन नगरेपछि समाजवादी भित्र किचलो सुरु भएको छ । मुख्यत: माधव नेपालले सबैभन्दा ठूलो काँध धामेर प्रधानमन्त्री बनेका देउवाले अन्तत: समाजवादीलाई नै अपमान हुनेगरी आलटाल गर्नाले यसका नेताहरु रुष्ट बनेका छन् ।

    समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको आरोप लगाएका छन् । समाजवादी प्रेस संगठन नेपाल, जिल्ला शाखा काठमाडौंले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले गठबन्धनकै कारण आफ्नो पार्टीले ल्याउने जति सिट र मत प्राप्त गर्न नसकेको दाबी समेत गरेका थिए ।

     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको