Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images
  • समाचार
  • समाजवादीका मन्त्रीले अध्यक्ष नेपालको निवासमै पुगेर...

समाजवादीका मन्त्रीले अध्यक्ष नेपालको निवासमै पुगेर मच्चाए भाँडभैलो, शर्तमान्न नेपालमाथि दबाब

समाजवादीका मन्त्रीले अध्यक्ष नेपालको निवासमै पुगेर मच्चाए भाँडभैलो, शर्तमान्न नेपालमाथि दबाब

images
  • 547
    SHARES
  • images
    images
    समाजवादीका मन्त्रीले अध्यक्ष नेपालको निवासमै पुगेर मच्चाए भाँडभैलो, शर्तमान्न नेपालमाथि दबाब
    images
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरुले अध्यक्ष माधवकुमार नेपाल निवासमै पुगेर भाँडभैलो मच्चाएका छन् ।

    images

    पार्टीले मन्त्री हेरफेर गर्ने निर्णय कार्यन्यवन नगराउन भन्दै उनीहरुले नेपालसमक्ष दबाब समेत दिएका छन् ।

    कोटेश्वर पुगेर मन्त्रीमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा एसका अध्यक्ष नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाए । असहमति जनाउनेमा मुख्य शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले थिए ।

    नेपाल निवासमा समाजवादीबाट मन्त्री बनेकाहरु स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री झाँक्री, पर्यटनमन्त्री आले र श्रममन्त्री किसान श्रेष्ठ नै पुगेका थिए ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर शुक्रबार साँझ कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति  मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले असहमति प्रकट गरेको कुरा बाहिरिएको छ ।

    कोटेश्वरस्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिईसकेको र तपाईहरुले सहयोग गर्नुहोस् भन्ने नेता नेपालको प्रस्ताव लगत्तै सहरी विकासमन्त्री झाँक्रीले आपत्ति जनाएकी थिइन् । 

    ‘हामीलाई किन हटाउनु पर्यो ? हामीले राम्रै काम गरिरहेका छौँ, फोहोर ब्यवस्थापनको कार्य मेरै पहलमा सम्पन्न भईरहेको छ, अब त्यो कार्य निष्कर्षमा पुग्ने अवस्थामा छ । अन्य काम पनि भईरहेका छन्,’ नेपाल समक्ष मन्त्री झाँक्रीले आक्रोशित हुँदै भनिन्, ‘राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष मरेतुल्य बराबर हुनुभयो ।’ 

    मन्त्री झाँक्री आकोशित हुँदै ठूलो स्वरले कराएपछि त्यहाँ भेला भएका अन्य मन्त्रीले उनलाई सम्झाएका थिए ।

    स्थायी कमिटी बैठकले गरेको निर्णय कच्चा भएको र निर्वाचनसम्म बहालवाला मन्त्रीहरुलाई नै निरन्तरता दिनु पर्ने माग राखेपछि अध्यक्ष नेपालले ‘पार्टीले निर्णय गरिसकेको’ भन्दै मन्त्रीहरुको प्रस्ताव अस्विकार गरेका थिए ।

    यसैबीच ‘मन्त्रीमण्डल हेरफेर गर्ने निष्कर्षमा पुग्नु नै भएको हो भने दुईवटा बिषय लागू गरिदिनुहोस् भन्दै मन्त्रीहरुले शर्त राखेका थिए । जसअनुसार उनीहरुको पहिलो शर्तमा राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने समयसम्म कुर्न र दोस्रो स्थायी कमिटी बैठकको निर्णय सच्याएर मन्त्रीमण्डलमा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउन अध्यक्ष नेपाललाई मन्त्रीले प्रस्ताव गरेका थिए । 

    मन्त्रीहरुले मुख्यतः दुईवटा शर्त राखेपछि अध्यक्ष नेपालले सो बिषयमा बैठकमा छलफल गर्ने प्रतिवद्धता जनाएपछि माहोल केही नरम भएको थियो ।

     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको