Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images
  • समाचार
  • कात्तिक वा मंसिरभित्र संघ र प्रदेशको...

कात्तिक वा मंसिरभित्र संघ र प्रदेशको निर्वाचन : प्रमुख आयुक्त

कात्तिक वा मंसिरभित्र संघ र प्रदेशको निर्वाचन : प्रमुख आयुक्त

images
  • 652
    SHARES
  • images
    images
    कात्तिक वा मंसिरभित्र संघ र प्रदेशको निर्वाचन : प्रमुख आयुक्त
    images
    images

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन् ।

    images

    गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको र सोबारे निर्णय हुन बाँकी रहेको बताए। उनले स्थानीय तहको निर्वाचनमा बाध्यतावश र सुरक्षाका कारणले मत गणनामा तारबार लगाउनुपरेको उल्लेख गर्दै लोकतन्त्रमा त्यस्तो गरिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे ।

     प्रमुख आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनमा कर्मचारीलाई दिइएको सुविधा बढी वा घटी नभई यथार्थपरक भएको स्पष्ट पारे । आयोगले स्थानीय तह निर्वाचनबारे सातवटै प्रदेशमा समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार