काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नयाँ पार्टी घोषणा गरेका बामदेव गौतम ओली निवास बालकोट पुगेका छन् ।
एमाले छाडेपछि गौतमले गत मंगलबार मात्र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामक पार्टी घोषणा गरेका थिए । उक्त पार्टीका संयोजक रहेका गौतम आज बिहान एमाले अध्यक्ष ओली भेट्न ओली निवास गएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार सके वाम एकीकरण नभएपनी चुनावी मोर्चा निर्माण गर्ने प्रयास अन्तर्गत गौतमले ओलीलाई भेटेको बताए । गौतमले ओलीपछि अन्य नेताहरुसँग पनि भेटवार्ता गर्ने पाण्डेले बताए ।
गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान पार्टीको घोषणा गरेका थिए ।
सो पार्टीको संयोजकमा गौतम छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् ।