Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images
  • समाचार
  • प्रधानसेनापतिले गरे अमेरिकाको नेसनल डिफेन्स युनिभर्सिटीको...

प्रधानसेनापतिले गरे अमेरिकाको नेसनल डिफेन्स युनिभर्सिटीको अवलोकन 

प्रधानसेनापतिले गरे अमेरिकाको नेसनल डिफेन्स युनिभर्सिटीको अवलोकन 

images
  • 841
    SHARES
  • images
    images
    प्रधानसेनापतिले गरे अमेरिकाको नेसनल डिफेन्स युनिभर्सिटीको अवलोकन 
    images
    images

    काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले वासिङ्टन डिसीस्थित नेसनल डिफेन्स युनिभर्सिटीको अवलोकन गरेका छन् । 

    images

    स्थानीय समय अनुसार उनले बुधबार उक्त युनिभर्सिटीको अवलोकन गरेका हुन् । 

    युनिभर्सिटीको भ्रमणको क्रममा प्रधानसेनापति शर्माले नेसनल वार कलेजका कमाण्डाण्ट जेफ हर्लबर्टसँग भेटवार्ता गरेका थिए । 

    वासिङ्टनमा उनले एनडब्लुसी, नियर इस्ट साउथ एसिया सेन्टर फर स्ट्राटेजिक स्टडीज् लगायतकाक विभिन्न निकायका पदाधिकारीहरुसँग समेत भेटवार्ता गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    1656402885.jpg

    भ्रमणकै दौरान प्रधानसेनापति शर्माले युनाइटेड स्टेट आर्मी वार कलेज (एडब्लुसी) र युनाइटेड स्टेट आर्मी हेरिटेज एण्ड एजुकेसन सेन्टरको समेत अवलोकन गरेका थिए ।

    उनले भेटघाटमा त्यहाँको शैक्षिक गतिविधि, तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिएका थिए ।  

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार