हुम्ला । पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ग्रेट हिमालयन ट्रेलको यात्रा गर्दै गरेका एक जना पर्यटकलाई उनीहरुले लुटपाट गर्न खोजको थिए । उनीहरु सडकमा काम गर्दै गरेका कामदार हुन् । उनीहरुले नाम्खा गाउँपालिका–५ को नारा लेखबाट हिल्सा जाँदै गरेका पर्यटकलाई लुटपाट गर्न खोजेका थिए ।
प्रहरी निरीक्षक दीपक मल्लका अनुुसार जर्मन नागरिक ३८ वर्षका मेटियर्स इक्मालाई हिल्सा सिमकोट सडक आयोजनाको नारा लेकमा काम गर्दै गरेका कामदारहरुले शनिवार दिउँसो ३:०० बजे लुटपाट गरेको उजुरीको आधारमा नियन्त्रणमा लिएको बताए।
उनले पर्यटकलाई लुटपात गर्ने कामदारहरुमा हिमाल सुनार, कमल थापा, छविलाल बस्नेत, माधव थापा, गणेश सुनार खेम सुनार र विजय बिष्ट रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु सबै जना दाङ जिल्लाको घोराही र तुलसीपरका रहेका छन् ।
नियन्त्रणमा लिएका सातै जनाले प्रहरीलाई स्थलगत रुपमा दिएको बयान अनुसार पर्यटक एक्लै भएकोले पैसा होला भनेर शरीर तथा झोला खोजतलास गरेको बताएका छन् । प्रहरी नियन्त्रणमा रहेका सातै जनालाई जिल्लामा ल्याउने कार्य भई रहेको छ ।
ती पर्यटक हुम्लाको हिल्सासम्मको पैदल यात्रामा थिए । उजुरी दिएपछि उनलाई पनि प्रहरी जिल्ला प्रहरी कार्यलयमा ल्याउने कार्य भई रहेको जनाइएको छ ।