Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

सेनाका हाकिमको जीप युवतीको कार कोतरेर कुलेलम

सेनाका हाकिमको जीप युवतीको कार कोतरेर कुलेलम

images
  • 124.6K
    SHARES
  • images
    images
    सेनाका हाकिमको जीप युवतीको कार कोतरेर कुलेलम
    images
    images

    काठमाडौँ - अस्ति बेलुका सवा ६ बजे राजधानीको कालिमाटी चोकमा हरियो रङ्गको सरकारी गाडीले एउटा कारलाई ठक्कर दिएर भागेको छ । कलंकीबाट थापाथलीतर्फ आउँदै गरेको आर्मीका हाकिम चढेको बा.झ ७०९७ सेतो नम्बर प्लेटको सुजुकी जिप्सी गाडीले साइडबाट नियमविपरित ओभर टेक गर्दा अर्को गाडी नराम्ररी कोतरिएको थियो ।

    images

    आर्मीका हाकिमले गलत साइडबाट ओभर टेक गर्न खोज्दा महिलाले चलाएको सेतो रङ्गको कारको एक भाग ध्वस्तै भयो । ती महिलाले गाडीबाट ओर्लिएर के गरेको यस्तो भनी कराइन् । कालिमाटी चोकमा एकाएक जाम भयो । महिलाले आर्मीका हाकिमलाई गाडी साइडमा लगाउन भनिन् तर उनले टेरेनन् । यता,ती युवतीले हतारहतार ट्राफिक प्रहरी महाशाखाको हटलाइन नम्बर ‘१०३’ मा फोन गरेर घटनाबारे बेलीविस्तार सुनाइन् । तर, ट्राफिकबाट पनि कुनै प्रतिक्रिया आएन ।

    उताबाट आर्मीका हाकिम चढेको गाडी एकाएक फरार भयो । न ट्राफिकले गाडीलाई समातेर कारबाही गर्यो न उनले क्षतिपूर्ति नै पाइन् । भोजभतेरमा जान लागेका जस्ता देखिने महिलाको टोली लिएर हिंडेका हाकिमले गाडी कुदाउन इशारा गरेपछि ड्राइभरले यताउति नहेरी दौडाए । घटना घटेको दुई दिन बितिसक्दा पनि प्रहरीले छानबिन अघि बढाएको छैन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सञ्जीव शर्मा दास यस्तो खालको कुनै पनि उजुरी नआएको बताउँछन् ।

    ट्राफिकले गाडी दुर्घटनाका घटनाहरु नहेर्ने उनी दाबी गर्छन् । ‘ट्राफिकसंग ठोक्किएको,कुच्चिएको हेर्नेबाहेक अन्य थुप्रै काम छ’, उनले आक्रोशित हुँदै भने । भन्छन्,‘घटनास्थलका प्रहरीले यसबारे जानकारी राखेका होलान् ।’ उनका अनुसार ट्राफिकको काम सवारीको आगमन खोल्ने र भीडभाड नियन्त्रण गर्ने मात्र हो ।

    त्यस्तै,कालिमाटी प्रहरी परिसरका सहायक निरीक्षक कुमार नेपालीले त्यस्तो घटनाबारे आफूलाई केही जानकारी नभएको बताए । आधिकारिक रुपमा निवेदन नपरेकाले पनि थाहा नभएको उनको प्रस्टीकरण छ । फोनको भरमा छानबिन अघि नबढ्ने उनी बताउँछन् । पीडितले आएर निवेदन दिनेबित्तिकै अनुसन्धान अघि बढाउने प्रसनि नेपालीले जनाए ।

    राजधानीको चौबिसै घण्टा भीडभाड हुने स्थानमा घटेको घटनाबारे प्रहरीले नै आफूलाई केही जानकारी छैन भनेपछि पीडितले गुनासो गरेका छन्। फोनको भरमा कारबाही अगाडि नबढ्ने भए हटलाइन नम्बरको खाँचो किन ? प्रश्न उठेको छ,‘आर्मीका हाकिम चढेका गाडी भएर प्रहरीले नै कतै दबाउन खोजेको त होइन ? ‘ठूलालाई चैन,सानालाई ऐन’ भनेर माथि उल्लेखित घटनाले देखाएको पीडित युवतीले बताइन् ।

    हाकिमलाई कानून नलाग्ने कस्तो नियम हो ? हाकिमको ठाँउमा सर्वसाधारणले गल्ती गरेको भए प्रहरीले के गर्थ्यो होला ? जनआस्थाबाट

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको