Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images
  • प्रवास
  • अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रर्वधन गर्न कुटनीतिज्ञको...

अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रर्वधन गर्न कुटनीतिज्ञको भुमिका महत्वपुर्ण– मन्त्री श्रेष्ठ 

अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रर्वधन गर्न कुटनीतिज्ञको भुमिका महत्वपुर्ण– मन्त्री श्रेष्ठ 

images
  • 799
    SHARES
  • images
    images
    अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रर्वधन गर्न कुटनीतिज्ञको भुमिका महत्वपुर्ण– मन्त्री श्रेष्ठ 
    images
    images

    काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कुटनीतिज्ञहरुको भुमिका महत्वपुर्ण हुने बताएका छन् । 

    images

    हालै नियुक्त तथा प्रस्तावित विभिन्न देशका राजदुतहरुसँग मन्त्रालयले सोमबार गरेको अन्र्तक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कुटनीतिज्ञहरुको भुमिका महत्वपुर्ण हुने बताए । विदेशस्थित सबै नियोग परिचालन गरेर नेपालमा विदेशी पर्यटकको आगमन बढाउन सकिने मन्त्री श्रेष्ठले बताएका हुन् । 

    सबैको पहलमा विदेशी पर्यटक भित्र्याउन सके महामारीबाट थलिएको पर्यटन क्षेत्रले गति लिने विश्वास उनले व्यक्त गरे । राजदुतावास, स्थायी नियोग, महावाणिज्य दुतावास तथा अवैतनिक बाणिज्य दुतावासहरुले पर्यटक आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । राजदुतहरुले व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा भुमिका खेल्नुपर्ने उनको भनाइ छ । 

    पर्यटन विस्तारका लागि हवाइ उडानको भुमिका महत्वपुर्ण हुने बताउँदै उनले सरकारले हवाई यातायात र विमानस्थलहरुलाई सुरक्षामैत्री बनाउने बताए । नेपालको हवाई उडानलाई ईयूको ’सुरक्षा चासो’को सूचीबाट हटाउन पहल गर्ने उहाँले बताए । 

    साथै उनले छिमेकी मुलुक भारतलाई नयाँ हवाई प्रवेश बिन्दु खुला गरिदिन आग्रह गरिएको बताउँदै आफ्नो कार्यकालमा नयाँ प्रवेश बिन्दु खुला हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नवनियुक्त तथा प्रस्तावित राजदुतहरुले नेपालको पर्यटन विस्तारका लागि प्रवर्द्धनात्मक कार्यक्रमहरु गर्ने प्रतिवद्धता जनाएका थिए ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको