Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

नेप्सेले मार्यो छलाङ

नेप्सेले मार्यो छलाङ

images
  • 393
    SHARES
  • images
    images
    नेप्सेले मार्यो छलाङ
    images
    images

    पहिलो दिन नै ५४ अंकले बढ्दा चार अर्ब ६० करोडको सेयर कारोबार 

    images

    काठमाडौं - नेप्सेले छलाङ मारेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नैं नेप्से ५४ दशमलव ५८ अंकले बढेर २१ सय ९५ दशमलव १० अंकमा पुग्दा सेन्सिटिभ पनि नौं दशमलव ७२ अंकले बढेर चार सय १९ दशमलव २० अंकमा चढेको छ । आज दुई सय २० वटा कम्पनीहरुको ६७ हजार सात सय ४० पटकको कारोबारमा एक करोड १३ लाख ३९ हजार चार सय ७६ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोबार रकम चार अर्ब ६० करोड ९७ लाख ९१ हजार दुई सय ७२ रुपैंयाँ पुगेको छ । 

    नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा फाईनान्स समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ४० दशमलव ६२ अंकले बढेर १४ सय ३२ दशमलव ८९ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि २० दशमलव ४३ अंकले बढेर २५ सय ६० दशमलव ९४ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि तीन सय ७४ दशमलव आठ अंकले बढेर आठ हजार छ सय ६४ दशमलव १४ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि चार सय १२ दशमलव ८९ अंकले बढेर १० हजार तीन सय ३९ दशमलव ४० अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक,ट्रेडीङ्ग, होटल तथा पर्यटन,उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् । 

    नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुडविल फाईनान्सको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ । 

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार