Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण: शिक्षामन्त्री 

काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण: शिक्षामन्त्री 

images
  • 463
    SHARES
  • images
    images
    काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण: शिक्षामन्त्री 
    images
    images

    काठमाडौँ : शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयले मुलकुको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विश्वविद्यालयको ९३ औं सभाको बैठकमा बौल्दै मन्त्री पौडेलले काठमाडौं विश्वविद्यालयले उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका हुन ।

    images

    ‘काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण छ,’ उनले भने, ‘विज्ञान तथा प्रविधिका क्षेत्रमा उच्च तथा गुणस्तरीय शिक्षा प्रदान गर्न यस विश्वविद्यालयले सह्राहनीय कार्य गरेर देखाइ रहेको सबैसामू छर्लङ छ ।’

    विश्वविद्यालयले मुलुकलाई चाहिने गुणस्तरीय शिक्षाका साथै नैसर्गिक निष्ठा र नैतिक आचरणले भरिपूर्ण शिक्षित जमातको निर्माणमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । उनले शिक्षालाई सीपसँग, सीपलाई उत्पादन र रोजगारसँग जोड्दै सक्षम, दक्ष र राष्ट्र निर्माणमा चाहिने आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले भूमिका निर्वाह गर्ने बताए । 

    सभामा उनले विद्यार्थीलाई नेपालमै आवश्यक विषय अध्ययन गर्ने वातावरण र आकर्षक केन्द्र बनाए मात्र विदेश जानेहरुलाई कम गर्न सकिने औल्याए ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको