Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images
  • समाचार
  • ग्यारेजमा राखिएको वासिङ मेसिनमा सात वर्षीय...

ग्यारेजमा राखिएको वासिङ मेसिनमा सात वर्षीय बालक मृत फेला 

ग्यारेजमा राखिएको वासिङ मेसिनमा सात वर्षीय बालक मृत फेला 

images
  • 456
    SHARES
  • images
    images
    ग्यारेजमा राखिएको वासिङ मेसिनमा सात वर्षीय बालक मृत फेला 
    images
    images

    न्युयोर्क । संयुक्त राज्य अमेरिकामा एक सात वर्षीय बालक वासिङ मेसिनभित्र मृत फेला परेका छन् । बिहीबार बेपत्ता भएको जानकारी दिएको केही घण्टापछि उनी मृत फेलापरेका हुन् । 
    फक्स न्यूजका अनुसार, टेक्सासका ट्रोय खोएलरको रूपमा चिनिने केटालाई पहिलो पटक स्थानीय समयअनुसार बिहीबार बिहान  हराएका थिए ।

    images

    उक्त समयमा उनका बुबा घरमा थिए भने आमा अस्पतालको रात्रि सिफ्टबाट फर्किएकी थिइन् । पुलिस आइपुग्दासम्म उनकी आमा आफ्नो अस्पतालकै पोसाकमा थिइन् ।

    प्रहरीका अनुसार ट्रोयलाई २०१९ मा एडोप्ट गरिएको थियो । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । उक्त घटनाका दोषीलाई अहिलेसम्म पक्राउ गरिएको छैन ।

    ग्यारेजमा राखिएको मेसिनमा सात वर्षीय बालक फेला परेको थिए । अधिकारीहरूले बालकको मृत्युको कारण पत्ता लगाएका छैनन् । घटनाबारे प्रहरीले आपराधिक अनुसन्धान सुरु गरेको छ ।
    एजेन्सी

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको