Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images
  • कर्पोरेट
  • नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स, सौराहामा...

नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स, सौराहामा सम्पन्न

नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स, सौराहामा सम्पन्न

images
  • 260
    SHARES
  • images
    images
    नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स, सौराहामा सम्पन्न
    images
    images

    काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय बिजनेस एक्सीलेन्स कन्फिरेन्स सौराहा चितवनमा यही साउन १३ गते देखि साउन १५ गतेसम्म सम्पन्न भएको छ । अ बाउन्स ब्याक एयर ७९–८० नाराका साथ सम्मेलन आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । 

    images

    उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत् २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । संचालक बिमल प्रसाद ढकालले मानसमा दीप प्रज्वलन गरी सम्मेलनको समुद्घाटन गर्दै कर्मचारीहरुले आम नागरिकहरुको आशा र विश्वास जितेर काम गर्न सुझाव दिए । कम्पनीका अध्यक्ष गोविन्दलाल संघईले कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कर्मचारीहरुलाई गत आ.ब. को कार्यसम्पादनको लागि धन्यवाद र चालु आ.ब. को व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरे ।

    सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गएको आर्थिक वर्षको व्यपार समिक्षा गर्दै  चालु आर्थिक वर्ष २०७९÷८० मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए । हाल कार्यरत जोन प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु लगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरुले सम्मेलनमा आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । सम्मेलनमा मोटिभेसनल स्पीकरद्वारा क्षमता अभिबृद्धि एवं सेल्स कौशलताका सम्बन्धमा प्रशिक्षण समेत गराइएको थियो । 

    सम्मेलनको अन्त्यमा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरुबाट सवै सहभागीहरुलाई प्रमाण पत्र साथै आर्थिक वर्ष २०७८÷७९ मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरु र शाखा एवं उपशाखाहरुलाई विभिन्न २१ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको