Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

‘आइसी डिजाइनर रनवे ११’ मा ६१ डिजाइनरका फेसन प्रदर्शन 

‘आइसी डिजाइनर रनवे ११’ मा ६१ डिजाइनरका फेसन प्रदर्शन 

images
  • श्रावण १७, २०७९ मंगलवार १०:४२ बजे
  • 477
    SHARES
  • images
    images
    ‘आइसी डिजाइनर रनवे ११’ मा ६१ डिजाइनरका फेसन प्रदर्शन 
    images
    images

    काठमाडौं - ‘आइसी डिजाइनर रनवे ११’ नामक फेसन शो २० अगस्ट (४ भदौ) मा आयोजना हुने भएको छ । भारतबाट ६ अन्तराष्ट्रिय मोडल तथा नेपालमा २४ गरेर ३० मोडलले उक्त शोमा र्याम्प नाप्नेछन् ।
    आइसी कलेजले आयोजनामा हुन लागेको फेसन शोका म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्दैछ । नेक्स्ट मोडल्स नेपालले शोका लागि अडिसनबाछट केही अगाडि २४ मोडल छनौट गरेको हो । 

    images

    होलट याक एण्ड यतिमा आयोजना हुने शोमा आइसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्याम्पमा प्रस्तुत हुनेछ । फेसन डिजाइनर नै आइसी कलेजका १९ औं ब्याजका पास आउट बिद्यार्थी रहेका छन् । धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शो यस वर्ष विगतका भन्दा झन् उत्कृष्ट र भब्य बनाउने तयारी भइरहेको म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । ‘आइसी डिजाइनर रनवे’ को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचार प्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।

    फेसन शोको लागि अन्तर्राष्ट्रिय कोरियोग्राफर अभिमन्यु सिंह तोमर समेत नेपाल आउने आयोजकले जनाएको छ । 

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको