काठमाडौँ : सेयर बजारमा मंगलबार झिनो करेन्सन भएको छ।
बजारमा आज २.७६ अंकको करेक्सन भएको हो। योसँगै नेप्से परिसूचक २१९३.४८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने स्थिर रहँदै ४२१.१३ को विन्दुमै रहेको छ। हिजोको तुलनामा कारोबार घटेर आज सवा ३ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.८१ अंकले घटेर २१९३.४३ विन्दुमा झरेकाे छ । नेप्से ०.१३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.०१ अंकले घटेर ४२१.१३ विन्दुमा झरेकाे छ ।
कूल २१७ वटा कम्पनीकाे ७८ लाख १३ हजार एक सय २ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७ सय ६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहबाहेक सेयर बढेकाे छ । बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ ।
आज पनि शिवम् सिमेन्टकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २९ कराेड ३२ लाख २७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
मंगलबार ३ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । विन्ध्याबासिनी हाइड्राेपावर, सामलिङ्ग पावर र हिमाल दाेलखा हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।
यस दिन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ४.२४ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार २ सय ८८ रूपैयाँमा झरेकाे छ ।