Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

ताइवानमा अमेरिकाविरुद्ध सैन्य कारबाही गर्ने चीनको घोेषणा

ताइवानमा अमेरिकाविरुद्ध सैन्य कारबाही गर्ने चीनको घोेषणा

images
  • 540
    SHARES
  • images
    images
    ताइवानमा अमेरिकाविरुद्ध सैन्य कारबाही गर्ने चीनको घोेषणा
    images
    images

    एजेन्सी : आफ्नो कडा चेतावनीलाई बेवास्ता गर्दै अमेरिकी सभामुख न्यासी पेलोसी ताइवान पुगेपछि चीनले सैन्य कारबाही गर्ने घोषणा गरेको छ । चीनको निरन्तर चेतावनीका बावजुद न्यान्सी पेलोसी मंगलबार उच्च सुरक्षाबीच ताइपेइको विमानस्थलमा अवतरण छिन् ।

    images

    न्यान्सी पेलोसी ताइपेइको विमानस्थलमा अवतरण गरे लगत्तै मंगलबार राती अबेर चिनियाँ रक्षा मन्त्रालयले सैन्य कारबाहीको चरणबद्ध शृंखला सुरु गर्ने घोषणा गरेको चीनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

    ग्लोबल टाइम्सले लेखेको छ, ‘पीएलएले पेलोसीको ताइवान टापुको भ्रमणको प्रतिरोध गर्न, राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढताका साथ रक्षा गर्न सैन्य कारबाहीहरूको श्रृंखला सुरु गरेको छ ।’

    यस भ्रमणलाई लिएर गत साता पनि चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी समकक्षी जो बाइडेनसँगको एक घण्टा लामो वार्तामा पेलोसीको भ्रमणको प्रसंग उठाएका थिए । त्यसबेला पनि सीले अमेरिकालाई चेतावनी दिएका थिए ।

    पलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुन् । उनी बेइजिङ विरोधी उच्च अधिकारीको रुपमा परिचित छिन् । अमेरिकाले पेलोसीको भ्रमणअघि नै ताइवानको समुद्री क्षेत्रमा युद्धपोत तैनाथ गरिसकेको छ । चीनलेसोमबारदेखि नै ताइवानको सीमा क्षेत्रको आकासमा विमान उडाउदै आएको छ । पेलोसी बुधबार त्यहाँको संसद् भवन पनि पुग्ने तालिका छ ।

    ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ । सन् १९४० को दशकको गृहयुद्धमा चीन र ताइवान अलग भएका थिए । तर चीनले ताइवानलाई आफूसँग छुट्टिएको एक प्रान्त भएको र आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि गाभ्नुपर्ने बताउँदै आएको छ । ताइवानको आफ्नो संविधान र कूल तीन लाख सैनिक छन् ।

    चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले पनि यसको मुल्य अमेरिकाले चुकाउनुपर्ने चेतावनी दिएकी थिइन् । भनेकी छिन्, ‘चीनको सार्वभौम सुरक्षा चासोलाई कम आँकेको कुराको अमेरिकाले जिम्मा लिनुपर्नेछ र त्यसको मूल्य चुकाउनुपर्नेछ ।’

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको