Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images
  • समाचार
  • एसएसडब्लूमार्फत ५ हजार नेपाली कामदार लान...

एसएसडब्लूमार्फत ५ हजार नेपाली कामदार लान जापान तयार

एसएसडब्लूमार्फत ५ हजार नेपाली कामदार लान जापान तयार

images
  • 547
    SHARES
  • images
    images
    एसएसडब्लूमार्फत ५ हजार नेपाली कामदार लान जापान तयार
    images
    images

    काठमाडौँ : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र जापानका सहायक उपमन्त्री श्री चोतुमो नाकागावासँग भेटवार्ता भएको छ । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको दोस्रो बैठकपछि उनीहरुबीच भेटवार्ता भएको हो ।

    images

    भेटवार्तामा जापानीज भाषा परीक्षा पास भएका र सिप सिकेर बसेका नेपाली कामदारलाई जापान पठाउने प्रक्रियाबारे कुरा भएको थियो । मन्त्री कुँवरले ५ हजार बढी नेपालीहरु जापान जानको लागि तयारी अवस्थामा रहेका जानकारी गरााएका थिए ।

    उनले उपमन्त्री श्री चोतुमोलाई नेपाली कामदारलाई जापान पठाउनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्न अनुरोध गरेका थिए । साथै उनले दुई देशबीचको समस्यालाई सामाधान गरी मित्रवत सम्बन्ध स्थापित गर्नुपर्ने बताए ।

    भेटमा उपमन्त्री श्री चोतुमोले आजको गोष्ठी नेपाली कामदार जापान लैजानका लागि सकारात्मक भएको विश्वास व्यक्त गरे । उनले अहिले जापानमा कामदारको माग धेरै भएकाले (एसएसडब्लू) मार्फत ५ हजार बढी नेपाली कामदार लिनका लागि जापान तयार भएको जानकारी दिए । साथै उनले श्रम सम्झौतामा ढिलाई गर्नु नहुने बताए ।

    चोतुमोले नेपाली कामदारलाई जापान लैजान भइरहेका समस्या समाधान गरी रोजगारीको बाटो खुल्ला गर्न आफूले पहल गर्ने बताए ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको