Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

नबिल बैंकको खुद नाफा ९.८३ प्रतिशत

नबिल बैंकको खुद नाफा ९.८३ प्रतिशत

images
  • श्रावण २०, २०७९ शुक्रवार १०:४२ बजे
  • 610
    SHARES
  • images
    images
    नबिल बैंकको खुद नाफा ९.८३ प्रतिशत
    images
    images

    काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

    images

    यो नाफा अघिल्लो वर्षको भन्दा ९.८३ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको थियो । 

    असारसम्म आइपुग्दा नबिलको खुद ब्याज आम्दानी १६.७९ प्रतिशत र सञ्चालन नाफा १३.९८ प्रतिशत बढेको छ । जसका कारण पनि खुद नाफा बढेको देखिन्छ । यो त्रैमाससम्म आइपुग्दा बैंकले वितरणयोग्य नाफा ११९.९६ प्रतिशतले बढोत्तरी गरेर ९ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।  

    बैंकको खुद नाफामा सुधार भएपनि चुक्ता पुँजी झन धेरै बढेपछि प्रतिसेयर आम्दानी घटेको देखिन्छ । 

    नेपाल बंगलादेश बैंकलाई एक्वायर गरेपछि गत वर्षको तुलनामा चुक्ता पुँजी ६४.९२ प्रतिशतले बढेको छ ।

    जसका कारण प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५२ पैसाले घटेर २६ रुपैयाँ ८८ पैसामा आएको छ । नबिलको रिजर्भ कोष, निक्षेप संकलन तथा कर्जा लगानीलगायत सूचकहरुमा पनि सुधार भएको छ । 

     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको