जसको नेतृव्वमा नेपालको इतिहासमा भयो, पहिलो पटक बीमा कम्पनीहरुको सफल मर्जर
काठमाडौं - तत्कालीन हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी मर्जर नहुँदो हो त नेपाली बीमा क्षेत्रमा अहिले अर्थात आजको दिन ४१ वटा बीमा कम्पनीहरुले कारोबार गरिरहेका हुन्थे । जसमध्ये १९ वटाले जीवन बीमा, २० वटाले निर्जिवन बीमा र दुई वटाले पुर्नबीमा सम्वन्धी कारोबार गरिरहेका हुन्थे ।
तर अहिले नेपालमा बीमा कम्पनीहरुको संख्या पहिलोपटक ४० वटामा झरेको छ । त्यो पनि मर्जर मार्फत हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नाउँमा एकीकृत कारोबार गरेपश्चात बीमा कम्पनीहरुको संख्या ४० वटामा झरेको हो । नेपालको इतिहासको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको मर्जर पहिलो हो । यसअघि पनि केही इन्स्योरेन्स कम्पनीहरुले मर्जरको प्रकृया अगाडि बढाएका थिए, तर सफल हुन सकेन । तर नेपाली बीमा क्षेत्रमा इन्स्योरेन्स किंगकोरुपमा चिनिएका बिजय बहादुर शाह त्यस्ता व्यक्तित्व हुन जसको नेतृत्वमा नेपालको इतिहाँसमा नैं पहिलो पटक दुई वटा बीमा कम्पनीहरुको एकीकृत कारोबार सफल भएको छ । नेपाली बीमा क्षेत्रमा निकै नै सफल र कुशल व्यवस्थापकीय क्षमता भएका शाह कैं दुरदर्शी भिजन र कार्यदक्षताले गर्दा हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको मर्जर सफल भएको हो ।
शाह अहिले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रहेका छन् । यसअघि पनि शाहले कमजोर अवस्थामा रहेको नेपाल इन्स्योरेन्स कम्पनीलाई सही ट्रयाकमा ल्याउन व्यवस्थापकीय प्रमुखकोरुपमा ठुलो भुमिका निर्वाह गरेका थिए । यसका अतिरिक्त एनएलएजी इन्स्योरेन्स कम्पनीलाई पनि शाहले आफु उक्त कम्पनीको व्यवस्थापकीय प्रमुखकोरुपमा रहेकै अवस्थामा उक्त कम्पनीलाई वित्तीयरुपमा सफल बनाएका थिए ।
शाहको यही कार्यकुशलतालाई नजिकबाट नजरअन्दाज गरेका बीमा क्षेत्रका केही व्यक्तिहरुले नैं शाहलाई इन्स्योरेन्स किंगको उपाधि दिएका हुन सक्छन् ।