Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

राजनीति गर्न सजिलो छैनः माधवकुमार नेपाल

राजनीति गर्न सजिलो छैनः माधवकुमार नेपाल

images
  • 309
    SHARES
  • images
    images
    राजनीति गर्न सजिलो छैनः माधवकुमार नेपाल
    images
    images

    काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन् ।शुक्रवार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरू जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताए ।

    images

    अध्यक्ष नेपालले अझै पनि राजनीति सजिलो रुपमा गर्न सम्भव नभएको बताए । उनले राजनीतिमा धेरै चुनौतीको सामना गर्नुपर्ने बताए । अध्यक्ष नेपालले जनताको सेवा गर्ने, समाज परिर्वतन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाहरुको आचरण अनुरुपमा राजनीतिक उदेश्य राख्नुपर्ने बताए ।

    उनले भने, ‘पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो थियो । राजनीति गर्ने कुरा सजिलो हुँदैन । अहिलेसम्म पनि देखिन्छ । राजनीति सजिलो यात्रा होइन । सजिलो गरी सम्भव छैन । राजनीतिमा धेरै चिजहरूको चुनौती सामान गर्नुपर्छ । तर सबैभन्दा ठूलो कुरा के हो भने राजनीतिको उद्देश्य जनताको सेवा गर्ने हो, समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउने हो भने त्यही अनुसारको आचरण हुनुपर्छ ।’

    उनले अहिले कम्युनिष्ट पार्टीका संस्थापक नेताहरुलाई सम्झिरहेको बताए । नेपालले भने, ‘कम्युनिष्ट पार्टीका संस्थापक नेताहरुलाई सम्झिरहेको छु । पुराना योद्धाहरूबाट हामीले प्रेरणा लिन,सम्मान गर्न र उहाँहरुको योगदानको प्रशंशा गर्नसक्यौँ भने इतिहासको कदर गरेको ठहरिन्छ ।  हामीले इतिहासको कदर गर्नसक्यौ भने भविष्यले वर्तमानको कदर गर्नेछ ।’

    अध्यक्ष नेपालले पुराना योद्धाहरूबाट प्रेरणा लिन, सम्मान गर्न र उनीहरुको योगदानको प्रशंसा गर्न सकेमात्र इतिहासको कदर गरेको ठहरिने बताए । उनले अहिलेको राजनीतिक नेतृत्वले इतिहासको कदर गर्नसक्यो भने मात्रै भविष्यले वर्तमानको कदर गर्ने उल्लेख गरे ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको