Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images
  • खेलकुद
  • नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी सिरिज...

नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्ने

नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्ने

images
  • 337
    SHARES
  • images
    images
    नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्ने
    images
    images

    काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपालले केन्यासँग उसैको मैदानमा ५ खेलको सिरिज खेल्ने भएको हो ।

    images

    यस्तै नेपालले अभ्यास खेलको रुपमा ५० ओभरको तीन खेल खेल्नेछ । सिरिजका लागि नेपाली टोली अगस्टको अन्तिम साता केन्याको भ्रमणमा निस्कने छ ।

    नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले नेपालले ५ खेलको सिरिज खेल्ने पक्का भएको बताए । मिति भने तय भएको छैन ।

    'नेपालले ५ टी-ट्वान्टी अन्तराष्ट्रिय र तीन ५० ओभरको अभ्यास खेल्ने पक्का भएको छ । यसको मिति भने केही दिनमा नै सार्वजनिक गरिने छ,' खेलपाटीसँग चन्दले भने, 'टोली अगस्ट १७/१८ तारिख तिर जान्छ होला ।'

    केन्याको क्रिकेट संघले नेपाललाई सिरिजको निमन्त्रणा दिएको थियो । जसअन्तर्गत नेपाली टोली केन्या जान लागेको हो ।

    एक समय एसोसिएट क्रिकेटको सशक्त टोली केन्याको स्तर अहिले भने केही खस्किएको छ ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको