Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

नेपालको फिफा महिला वरीयता खस्कियो

नेपालको फिफा महिला वरीयता खस्कियो

images
  • 442
    SHARES
  • images
    images
    नेपालको फिफा महिला वरीयता खस्कियो
    images
    images

    काठमाडौँ : नेपालको महिला फिफा वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।

    images

    नयाँ वरीयतामा नेपाल १०२ औं स्थानमा रहेको छ । अघिल्लो पटकको वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा रहेको छ ।

    यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ५८ औं स्थानमा रहेको छ ।

    विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै जर्मनी दोस्रो स्थानमा रहदा स्विडेन तेस्रो स्थानमा झरेको छ।

    इंग्ल्यान्ड चौंथो र फ्रान्स पाँचौं स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्ड छैठौं,  क्यानडा सातौं, स्पेन आठौं,  ब्राजिल नवौं र उत्तर कोरिया १० औं स्थानमा रहेको छ ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको