Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

विदेशबाट ल्याएको आइफोनसहित दुई जना पक्राउ

विदेशबाट ल्याएको आइफोनसहित दुई जना पक्राउ

images
  • 421
    SHARES
  • images
    images
    विदेशबाट ल्याएको आइफोनसहित दुई जना पक्राउ
    images
    images

    काठमाडौँ : प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका-३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार गाउपालिका-८ वतन भएका भीमबहादुर तामाङ रहेका छन् ।

    images

    हिमालय एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीहरूलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो । प्रहरीले भूपेन्द्रको साथबाट २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औँठी र ३ थान आईफोन ७ प्लस तथा भीमबहादुरको साथबाट पनि २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औँठी र १ थान आईफोन ८ प्लस तथा १ थान आइफोन ७ प्लस बरामद गरेको छ ।

    पक्राउ परेका उनीहरूलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको