Logo

२०७९, आश्विन १९ गते बुधवार

images
images

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

images
  • श्रावण २४, २०७९ मंगलवार १०:५६ बजे
  • 72.1K
    SHARES
  • images
    प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
    images
    images
    images

    काठमाडौं - मन्त्रिपरिषद्को यही साउन १९ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सागर बहादुर थापा र मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी निरज पौडेललाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले साउन २३ गते सोमबार जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । पदोन्नती भएका उपरथी सागर बहादुर थापा श्री कार्यरथी विभागको विभागीय प्रमुखमा नियुक्ति भएका हुन । 

    सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जामा पदोन्नती भएका तीन जना महा सेनानीहरु र महा सेनानी दर्जामा पदोन्नती हुनु भएका पाँच जना प्रमुख सेनानीहरुलाई पदोन्नती दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।    

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको