Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images
  • समाचार
  • दुर्लभ बन्यजन्तु सालकको खपेटासहित तीन जना...

दुर्लभ बन्यजन्तु सालकको खपेटासहित तीन जना पक्राउ

दुर्लभ बन्यजन्तु सालकको खपेटासहित तीन जना पक्राउ

images
  • 722
    SHARES
  • images
    दुर्लभ बन्यजन्तु सालकको खपेटासहित तीन जना पक्राउ
    images
    images
    images

    काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट करिब ३ केजी ५ सय ५० ग्राम तौल भएको दुर्लभ बन्यजन्तु सालकको खपेटा सहित मकवानपुर गढी गाउँपालिका–८ बस्ने ४२ वर्षीय सूर्य बहादुर स्याङतान समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    उक्त स्थानमा दुर्लभ बन्यजन्तु सालकको खपेटा बेचबिखन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई सालकको खपेटा र डिजिटल तौल मेसिन सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला डिभिजन वन कार्यालय हात्तिसारमा पठाइने छ ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको